national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

फेनेरोग्याम्स शाखा

यो शाखाको प्रमुख उद्देश्य नेपालमा रहेका फूल फुल्ने तथा कोणधारी वनस्पति प्रजातिहरुको सर्वेक्षण, हर्वेरियम नमुना संकलन तथा पहिचान गरी वैज्ञानिक व्यवस्थापनका साथ भविष्यको लागि सूचना तथा तथ्याङ्क सुरक्षित गर्नु रहेको छ। फूल, फल, पात, काण्ड तथा जरा सहित विरुवाको नमुना संकलन गरी सुकाएर उक्त नमुनाको विवरणका साथ कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गरिएको नमुनाहरुलाई हर्वेरियम नमुना भनिन्छ। यहाँ विभिन्न प्रजातिका १,५५,००० भन्दा बढी फूल फुल्ने वनस्पतिका हर्वेरियम नमुनाहरु वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएका छन्। पहिलो पटक वनस्पति प्रजातिको नामकरण गर्दा प्रयोग भएको हर्वेरियम नमुनालाई टाइप नमुना भनिन्छ र KATH हर्वेरियममा १२४ फूल फुल्ने वनस्पति प्रजातिका टाइप नमुनाहरु रहेका छन्। विश्वका अन्य मुलुकमा नपाइने नेपालमा मात्र पाइने वनस्पति प्रजातिहरु समेत नेपालमा रहेका छन् र यस्ता वनस्पति प्रजातिहरुलाई नेपालका इन्डेमिक प्रजाति भनिन्छ। नेपालमा ३५१ taxa फूल फुल्ने इन्डेमिक वनस्पतिहरुको उपस्थिति रहेकोमा १४८ इन्डेमिक प्रजातिका हर्वेरियम नमुनाहरु यहाँ संरक्षण गरी राखिएका छन्।

हर्वेरियम नमुना संकलनको आधारमा नेपालको प्राकृतिक वासस्थानमा ५,३०९ प्रजातिका फूल फुल्ने वनस्पति प्रजातिहरु रहेकोमा ४७५० प्रजातिका हर्वेरियम नमुनाहरु यहाँ संरक्षित छन्। यस्तैगरी नेपालको प्राकृतिक वासस्थानमा पाईने २३ प्रजातिका जिम्नोस्पर्मका नमुनाहरु यहाँ संरक्षित छन्।