आ.व. २०८१/०८२ मा सम्पादन भएका मुख्य क्रियाकलापहरु
Powered by
riri one
राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीको आ.व. २०८१/०८२ मा सम्पादन भएका मुख्य क्रियाकलापहरु
- चालु आ.व. २०८१/०८२मा, फ्लोरा अफ नेपाल Volume 10 मा पर्ने Smilacaceae र Commelinaceae परिवारको Manuscript Online प्रकाशन गरी हालसम्म फ्लोरा अफ नेपाल Volume 10 का जम्मा १८० वनस्पति प्रजातिहरु र फ्लोरा अफ नेपाल Volume 11 का जम्मा ४४६ वनस्पति प्रजातिहरुको Manuscript Online प्रकाशन गरिएको छ।
- नेपालबाट रिपोर्ट भएका तर राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा संरक्षण नभएका (New to KATH) जम्मा ३५ वनस्पति प्रजातिहरु समावेश गरिएको छ।
- KATH हर्वेरियममा संरक्षित हर्वेरियम नमुनाहरु मध्ये १०,८२५ हर्वेरियम नमुनाहरुको High Resolution Digitized Image सहित Database Entry गरी हालसम्म जम्मा १,७२,७५५ हर्वेरियम नमुनाहरुको डिजिईजेशन कार्य सम्पन्न भएको छ। उक्त नमुनाहरु मध्ये हाल १,६२,००० हर्वेरियम नमुनाहरु plantdatabase.kath.gov.np मार्फत् online उपलब्ध भएका छन्। साथै, चालु आ. व.मा ३,०४० वटा Digitized हर्वेरियम नमुनाहरुको Data sorting तथा Cleaning कार्य गरिएको छ।
- बडीमालीका क्षेत्र तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ५१७ वनस्पति प्रजातिका हर्वेरियम नमुनाहरु संकलन गरिएको। साथै, अछाम तथा बाजुरा जिल्लाका विभिन्न क्षेत्रहरुबाट ५२५ वनस्पति प्रजातिका हर्वेरियम नमुनाहरु संकलन गरिएको र उक्त नमुनाहरुको पहिचान कार्य भईरहेको।
- नेपालका रैथाने वनस्पति प्रजातिहरु Saxifragaceae वनस्पति परिवारको Saxifraga excellens Harry Sm.; Fabaceae वनस्पति परिवारको Hedysarum manaslense (Kitam.) H.Ohashi; Araceae वनस्पति परिवारको Typhonium morangense R.Ojha & S.Rai. को फिल्ड अध्ययन तथा हर्वेरियम नमुनाहरु संकलन कार्य गरिएको छ। साथै, Ericaceae वनस्पति परिवारको नेपालको रैथाने वनस्पति Rhododendron cowanianum Davidian. को गोरखा जिल्लामा नयाँ locality फेला पारी उक्त वनस्पति प्रजातिको फिल्ड अध्ययन तथा हर्वेरियम नमुनाहरु संकलन कार्य गरिएको।
- Acanthaceae वनस्पति परिवारको Justicia adhatoda (असुरो), Rubiaceae वनस्पति परिवारको Adina cordifolia (कर्मा) र Lamiaceae वनस्पति परिवारको Premna barbata (गिदेरी) गरी तीन MAPs प्रजातिहरुको आन्तरिक संरचना अध्ययन, जम्मा २३ थान permanent slides तयारी तथा photomicrography कार्य गरी house गरिएको छ।
- KATH जाईलेरियममा विभिन्न ८ रुख प्रजातिहरु क्रमश: Syzygium cumini (जामुन), Dalbergia sissoo (सिसौ), Diospyros melanoxylon (बिडिपत्ता), Schleichera oleosa (कुसुम), Bombax ceiba (सिमल), Mallotus nudiflorus (भेलोर), Cassia fistula (राजवृक्ष), र Wendlandia sp. (तिल्के) का काठका नमुनाहरुको आन्तरिक संरचना अध्ययन, जम्मा ५० थान permanent slides तयारी गरी सो को photomicrography कार्य गरी house गरिएको छ। साथै, KATH Xylarium मा संरक्षित permanent slides हरुको पनि photomicrography कार्य भईरहेको छ। ।
- सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला स्थित बडिमालिका क्षेत्र तथा कंचनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोलखा तथा सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरुको स्थलगत भ्रमण गरी जम्मा १३३ रुख प्रजातिका नमुनाहरु संकलन गरी पहिचान कार्य भईरहेको छ। साथै, अछाम तथा बाजुरा जिल्लाको विभिन्न स्थानहरुबाट ८२ रुख प्रजातिका नमुनाहरु संकलन गरिएको र उक्त नमुनाहरुको पहिचान कार्य भईरहेको।
- रौतहट तथा काठमाडौको चम्पादेवी क्षेत्र तथा गोदावरीका क्षेत्रका विभिन्न स्थनहरुबाट जम्मा ११६ थान लेउका नमुना संकलन तथा संकलित नमुनाहरुको photomicrography गरी पहिचान कार्य भईरहेको छ। साथै, पश्चिम नेपालको बडिमालिका र त्रिबेनि क्षेत्रबाट संकलन गरिएको ७ वटा लेउका नमुनाहनरुको photomicrography गरी पहिचान कार्य भईरहेको।
- चालु आ. व.मा, ३२८५ नमुनाहरु Press तथा Dry, ३८३२ नमुनाहरु Labelling तथा Mounting, ५१२३ हर्वेरियम नमुनाहरु Housing, २०१४ हर्वेरियम नमुनाहरु Alcohol Treatment तथा २५१०Repair तथा मर्मत गरिएको। साथै KATH हर्वेरियममा संरक्षित हर्वेरियम नमुनाहरुको नियमित स्याहार संभार कार्य गरिएको छ।
- अछाम जिल्लाको रामारोशन, बाजुरा जिल्लाको बडिमालिका, दोलखा जिल्लाका कालिञ्चोक तथा विभिन्न स्थानहरुको भ्रमण गरी प्रिमुलाका सात प्रजातिहरुका नमुनाहरु संकलन गरिएको।
- गोरखा तथा मनाङ्ग जिल्लाका विभिन्न स्थानहरु, दामन र आसपासका क्षेत्रहरु, सिन्धुपाल्चोक जिल्लाको आमायाङ्गरी क्षेत्र, मुन्धुम ट्रेल तथा आसपासका क्षेत्रहरु, काठमाण्डौंको चम्पादेवी तथा भक्तपुर जिल्लाका विभिन्न स्थानहरुबाट ४०२ थान झ्याउका नमुनाहरु संकलन गरिएको। संकलित झ्याउका नमुनाहरुको पहिचान कार्य जारी।
- मध्य तथा पश्चिम नेपालका विभिन्न स्थानहरुबाट विभिन्न उन्यू प्रजातिहरूको हर्वेरियम नमुना संकलन, live plant collection, DNA sample collection र अध्ययन गरी संकलित नमुनाहरुको पहिचान गरी हर्वेरियम नमुना बनाइ housing कार्य गरिएको छ। सोही क्रममा, सुर्खेत तथा कास्कीबाट २ प्रजातिका नमुनाहरु Thelypteris crinipes र Bolbitis appendiculata पहिलोचोटी उन्यू हर्वेरियममा समावेश गरिएको छ।
- काठमाण्डौं उपत्यकाको दक्षिणकाली क्षेत्र, चम्पादेवी क्षेत्र तथा भक्तपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६२ वनस्पति प्रजातिहरुका हर्वेरियम नमुनाहरु संकलन कार्य गरिएको, संकलित नमुनाहरु को पहिचान कार्य जारी। पहिचान भएका हर्वेरियम नमुनाहरुको digitization गरी housing कार्य गरिएको छ।
- विभिन्न सेवाग्राहीहरुबाट पहिचानका लागि ल्याइएका ११८४ थान हर्वेरियम नमुनाहरु तथा १९ थान काठका नमुनाहरुको पहिचान कार्य गरिएको छ। जसबाट चालु आ. व.मा, जम्मा २,४६,७२३.५/- राजश्व संकलन भएको छ।
- चालु आ. व.मा, जम्मा १,८८७ सेवाग्राहीहरुलाई यस कार्यालयबाट सेवा प्रदान गरिएको छ। साथै, जम्मा ११२३ जना आगन्तुकहरुले हर्वेरियम नमुनाहरुको अध्ययन कार्यका लागि यस KATH हर्वेरियम प्रत्यक्ष visit गर्नुभएको छ।