विभिन्न संघसंस्था, वन कार्यालय, प्रहरी प्रशासन, सर्वसाधारण, व्यवसायी, विद्यार्थी, स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुबाट प्राप्त वनस्पतिका नमुनाहरु पहिचान गर्ने कार्यमा यस कार्यालयले सहयोग पुर्याउँदै आएको छ। यसका साथसाथै विभिन्न शैक्षिक संस्थाहरुबाट आउने विद्यार्थीहरुलाई हर्वेरियम बनाउने विधि, महत्त्व तथा उपादेयता सम्बन्धी व्यवहारिक तथा प्रयोगात्मक जानकारी उपलब्ध गराई सेवा प्रदान गर्दै आएको छ।
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग