राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा संरक्षित हर्वेरियम नमुनाहरुको डिजिटाइजेशन गरी इलेक्ट्रोनिक माध्यमद्वारा स्वदेश तथा विदेशमा रहेका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउने र भविष्यका लागि डाटा सुरक्षित राख्ने उद्देश्यका साथ शाखा कार्यरत रहेको छ।
हाल सम्म १,७२,००० हर्वेरियम नमुनाहरुको डिजिटाइजेशन कार्य सम्पन्न भइसकेको छ र डिजिटाइज भएका नमुनाहरु plantdatabase.kath.gov.np मार्फत अनलाइन उपलब्ध रहेका छन्।