वनस्पति प्रजातिका काठका नमुनाहरुको आन्तरिक संरचना (Vessel, Fibre, Parenchyma, Medullary rays) अध्ययन गरी प्रजाति तथा त्यसको गुणस्तर पहिचानमा सहयोग पुर्याउने उद्देश्यका साथ शाखा कार्यरत छ। यसका साथसाथै विभिन्न जलवायुका कारण प्रजातिहरुमा देखिने भिन्नता र त्यसको प्रभावका बारेमा समेत कार्य अगाडि बढाइएको छ। हालसम्म १३५ भन्दा बढी वनस्पति प्रजातिहरुको आन्तरिक संरचनाको अध्ययन गर्ने कार्य सम्पन्न गरिएको छ र यहाँ 1,190 काठका नमुनाहरु तथा ३३५० permanent slides हरु संरक्षण गरी राखिएका छन्।
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग