नेपालमा पाइने एल्गी, फन्जाई र लाइकेन (लेउ, ढुसी र झ्याउ) को सर्वेक्षण, नमुना संकलन र पहिचान गरी अभिलेखीकरण गर्ने प्रमुख उद्देश्यका साथ शाखा कार्यरत रहेको छ। नेपालमा 998 प्रजातिका लेउ, २,४६७ प्रजातिका च्याउ तथा ढुसी र 1,129 प्रजातिका झ्याउहरु पाइन्छन्। यहाँ नेपालका विभिन्न ठाउँहरुबाट संकलित 1 Holotype र 1 Isotype सहित 1,700 झ्याउका नमुनाहरु वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएका छन्। नेपालमा पाइने २,४६७ प्रजातिका च्याउ तथा ढुसीहरु मध्ये १३१ प्रजातिका च्याउ तथा ढुसीहरु नेपालका इन्डेमिक प्रजाति हुन्। नेपालमा पाइने १,२9१ प्रजातिका च्याउहरु मध्ये १59 प्रजातिका च्याउहरु खानयोग्य छन् भने 73 प्रजातिका च्याउहरुको औषधिय महत्त्व रहि आएको छ। यस प्रयोगशालामा करिव ३,५०० को संख्यामा च्याउ तथा ढुसीका नमुनाहरु संरक्षण गरी राखिएका छन्।
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग